२८ आश्विन २०८३, बुधबार

नेपाली युवालाई विश्वकप फुटबल हेर्न ब्राजिल लगिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fifa-world-cup-2014

धनगढी । आगामी जुन–जुुलाई महिनामा ब्राजिलमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको कैलाली, कास्की र मकवानपुर जिल्लाका ६ जना किशोरकिशोरीले स्थलगत रुपमा अवलोकन गर्न पाउने भएका छन् ।

मर्सि क्रोप्स नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खेलका माध्यमबाट युवा विकास, सामाजिक एकता र विकास भन्ने संस्थाको सिद्धान्तमा आधारित भई अखिल नेपाल फुटबल संघको साझेदारीमा ६ जना किशोरकिशोरीलाई विश्वकप फुटबलको स्थलगत अवलोकन गराउन लागिएको हो ।

सन् २०२२ मा कतारमा विश्वकप फुटबलको आयोजनाको जिम्मा पाएको सुप्रिम कमिटीको सहयोगमा नेपालका खेलाडीलाई विश्वकप फुटबल हेर्ने अवसर प्राप्त हुन लागेको बताइएको छ । युवा पिढीलाई सशक्त बनाउन र फुटबलमार्फत आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउने सोचका साथ सञ्चालित जेनेरेसन अमेजिङ युथ एम्बेस्डर परियोजनाअन्तर्गत किशोरकिशोरीलाई विश्वकप फुटबलको स्थलगत अवलोकन गराउन लागिएको कार्यक्रममा मर्सि क्रोप्स नेपालका नवीन लामिछानेले बताउनुभयो ।

यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल प्रतियोगिताको कैलालीका बाढी पीडित क्षेत्रका आठ जना किशोरकिशोरीले स्थलगत अवलोकन गर्ने अवसर पाएका थिए ।