१ कार्तिक २०८३, आइतबार

इमिरेट्स एयरलाइन्सको बोइङ विमान दुबईमा दुर्घटनाग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-airbus-accident

दुबई, १९ साउन । भारतको तिरुवन्तपुरबाट दुबईका लागि २७५ यात्रुसहित उडेको एयर इमिरेट्सको विमान बुधबार दुबईमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ ।

विमानमा प्राविधिक समस्या देखिएपछि विमानस्थलमा यात्रुहरुलाई आकस्मिक रुपमा उद्धार गरिएको र सबै जना सकुशल रहेको यहाँको सरकारले बताएको छ । विमानमा कति क्षति भएको सम्वन्धमा केही बताइएको छैन ।

विभिन्न सामाजिक सञ्जालमा पोस्ट गरिएका दृश्यहरुमा विमानबाट धुवाँ मात्रै निस्केको देखाइएको थियो ।

विमानमा यात्रारत सबै यात्रुलाई सकुशल उद्धार गरिएको र कुनै पनि यात्रु घाइते नभएको खबर दुबई सरकारको सञ्चार कार्यालयले ट्वीट गरी बताएको छ ।

अवतरणका क्रममा विमानबाट धुवाँ निस्केको र यात्रुलाई हतार–हतार विमानबाट झारिएको घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिने सबै उडान अवरुद्ध गरिएको छ ।

इ के ५२१ नम्बर उडानको बोइङ ७७७ विमान दुर्घटनाग्रस्त भएको हो । रासस/एएफपी