२६ कार्तिक २०८३, बिहिबार

भारतलाई पछार्दै नेपालमा चीनले रेकर्ड तोड्यो! प्रचण्डलाई पहिलो स्वागत

225.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-and-Chinese-Ambassador

काठमाडौं, १९ साउन । नेपाललाई दुःख–सुखको मित्र मान्दै आएको उत्तरी छिमेकी चीनले नेपालका एउटा अर्काे रेकर्ड तोडेको छ ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबैभन्दा पहिला निवासमै स्वागत गरेर चीनले रेकर्ड तोडेको हो । यसअघि सबभन्दा पहिला भारतले नयाँ प्रधानमन्त्रीलाई स्वागत तथा बधाई दिँदै आएको थियो ।

तर, बुधबार प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै अपराह्न चिनियाँ राजदूत उ चुन्ताईसहितका चिनियाँ अधिकारीहरु प्रचण्ड निवास लाजिम्पाट पुगेर सबैभन्दा पहिला स्वागत गरेका थिए । उनीहरुले चिनियाँ प्रधानमन्त्री लि खछ्याङ र चिनियाँ जनताका तर्फबाट बधाई दिएका थिए । साथै चीनका तर्फबाट सफल कार्यकालका लागि शुभकामना समेत दिएका थिए । एकजना पत्रकार गंगा विसीले लेखेका छन्- ‘प्रधानमन्त्री प्रचण्डलाई पहिलो स्वागत चिनिया राजदूतको लाजिम्पाट निवासमा ।’

Prachand-and-Chinese-Ambassador-1

यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट र फोनमार्फत प्रचण्डलाई बधाई दिएका थिए । तर, प्रचण्डलाई स्वागत गर्न भारतका दूत भने कोही गएनन् ।

यसबाट चीनले नेपाललाई उच्च प्राथमिकता दिएको र प्रचण्डलाई समेत पूर्ण रुपमा समर्थन गरेको विश्लेषकहरुको बुझाई छ ।