२६ कार्तिक २०८३, बिहिबार

बालकोट पुगेर ओलीले दिए प्रचण्डलाई जवाफ, समर्थकद्धारा भव्य स्वागत

18.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-1

काठमाडौं, १९ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसदमा सोधेका प्रश्नको जवाफ आफ्नो निवास बालकोट पुगेर जवाफ दिएका छन् ।

सदनमा प्रधानमन्त्रीका लागि आफ्नो उम्मेद्वारीको सूचना प्रस्तुत गर्दै प्रचण्डले बजेट नछुट्याएका, रेलजस्ता ठूला आयोजनाको स्रोत कहाँबाट आउँछ भन्दै प्रश्न गरेका थिए ।

kp-oli-balkot-2

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनलाई बधाई दिएर संसद भवनबाट सिधै उनीसँगै बालकोट पुगेका कार्यकर्ता र समर्थकलाई सम्बोधन गर्दै ओलीले प्रचण्डको प्रश्नको जवाफ दिएका हुन् ।

प्रचण्डको प्रश्नमा जवाफ दिँदै ओलीले आफूसँग सुझाव माग्न आए स्रोत देखाइदिने बताए । ओलीले भने, ‘सुझाव माग्न आउनुभयो भने म स्रोत देखाइदिन्छु ।’

पैसा नभएर विकासको काम नरोकिने तर योजना बनाउन नसके र क्षमता नभए विकास नहुने उनको टिप्पणी थियो ।

राम्रो काम गरे सरकारलाई साथ दिइन्छः निवर्तमान प्रधानमन्त्री

kp-oli-balkot-1

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई राम्रो काम गरे साथ दिइने बताए ।

उनले प्रचण्डलाई राम्रो काम गर्न सुझाव पनी दिए ।

उनले हामीले अगाडि बढाएका विकासका कार्यक्रम र सम्झौता कार्यान्वयन गर्छु भन्नु प्रधानमन्त्री दाहालको राम्रो कुरा हो भन्दै भने– ‘हामीले कोरेको विकासको बाटोमा हिँड्नु पर्छ, देश मै खनिज र इन्धनलगायत खानी पत्ता लगाएर उत्खनन् गर्न सुरु गरेका छौँ, यसलाई पूर्ण बनाउन सके विदेशीको भर पर्नुपर्दैन ।’

आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रमले तराईका मुद्दाको सम्बोधन गरेको जिकिर गर्दै उनले मधेसवादी मोर्चाको ३६ बुँदे माग घटेर अहिले तीनबुँदेमा सीमित भएको बताए । नेकपा (एमाले)का अध्यक्ष ओलीले आगामी असोजपछि एमालेले तराईमा अभियान चलाएर मधेसी मोर्चाले तराईका जनतालाई झुक्याएका विषयको भण्डाफोर गरी तराईको विकासमा आफूले गरेका कामको जानकारी गराइने बताए ।

निवास पुगेपछि उनलाई बुबा मोहनप्रसाद ओलीले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो भने समर्थकले ओलीको पक्षमा नारा लगाएका थिए ।

kp-oli-balkot-5 kp-oli-balkot-4 kp-oli-balkot-3