काठमाडौं, १९ साउन । व्यवस्थापिका संसदमा आज अनौठो दृश्य देखियो ।
देशको ३९ औं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा मतदान भइरहँदा आफू भने टेलिफोनमा व्यस्त देखिए । प्रधानमन्त्री चयनका लागि संसदका सबै सदस्यहरु मतदान गरिरहेका बेला प्रचण्डले निकै लामो फोन वार्ता गरे । कुराकानी चल्दै गर्दा उनी निकै हर्षित मुद्रामा देखिएका थिए ।
फोन वार्ता गराउने व्यक्ति थिए राप्रपाका नेता सुनिल थापा । आखिर उनले प्रचण्डलाई मतदान भइरहँदा फोनमा को सँग कुरा गराए त ? धेरैले त्यो फोन भारतबाट आएको अनुमान गरिरहेका छन् ।
तर, प्रचण्डलाई फोन वार्ता गराउने राप्रपा नेता सुनिल थापा भने फोन भारतबाट नआएको बताउँछन् । उनले प्रचण्डको कुराकानी फोनबाट आफ्नै अध्यक्ष पशुपति सम्शेर राणासंग गराएका थिए ।
‘अध्यक्षले जसरी पनि कुरा गर्ने भनेपछि मैले कुरा गराएको हुँ,’ उनले भने– ‘सरकार गठन तथा कार्ययोजना तथा सञ्चालनबारे छलफल भयो ।’













प्रतिक्रिया