२६ कार्तिक २०८३, बिहिबार

पुष्पकमल दाहाल प्रधानमन्त्रीमा निर्वाचित

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspa-kamal-dahal-prachanda-3

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको छ ।

व्यवस्थापिका संसदमा आज भएको निर्वाचनमा संसदको कुल मत ५ सय ९५ मा प्रचण्ड ३ सय ६३ मतसहित विजयी हुनुभएको हो । प्रचण्डको विपक्षमा २ सय १० मत मात्रै परेको थियो ।

Puspa-kamal-dahal-prachanda-1

दाहालको पक्षमा नेपाली कांग्रेस, मधेसी मोर्चा, फोरम लोकतान्त्रिक, राप्रपासहितका दलहरूले मतदान गरेका थिए । एमाले, राप्रपासहितका दलहरूले विपक्षमा मत दिएका थिए ।

यसअघि २०६५ सालमा प्रधानमन्त्री बन्नुभएका प्रचण्ड बुधबार देशको ३९ औं प्रधानमन्त्री बन्नुभएको छ । कम्युनिष्ट पार्टीबाट दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित हुने नेता पनी उहाँ बन्नुभएको छ ।