काठमाडौँ, ५ भदौ । नेपाली चलचित्रका लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठको १३ औं पुन्यतिथी मनाउँदै गर्दा पनि उनकी पत्नी नायिका स्वेता खड्काको आँशु अझै रोकिएको छैन् ।
विवाहको महिना दिन पनि नवित्दै पति गुमाउन पुगेकी स्वेतालाई सबैले सम्झाउने प्रयास गर्दा पनि उनको आँशु थामिएको छैन ।
१३ औं पुन्यतिथीमा श्रीकृष्णको घर सोह्रखु्ट्टेमा भएको कार्यक्रममा पनि उनी केहीवेर उपस्थित मात्र भएकी थिइन् ।
श्रीकृष्णकी ८२ बर्षीया बुढी आमा केही सान्त देखिएपनि स्वेता भने पटक–पटक भक्कानिएकी थिइन् ।
श्रीकृष्णका दाइ मिनकृष्ण श्रेष्ठका अनुसार स्वेताले श्रीको मैनको प्रतिभा बनोस् भन्ने चाहना रहेको छ ।
नायक श्रेष्ठको स्वास्थ्यमा गम्भीर समस्या भएपछि दिल्लीमा उपचार गराउने क्रममा निधन भएको थियो ।
२०४५ सालमा भूमरी फिल्मबाट फिल्म क्षेत्रमा प्रवेश गरेका श्रीकृष्णले छवि ओझाको फिल्म नाताबाट पूर्ण रुपमा हिरोको रोल गरेका थिए ।
४९ वर्षे नायकले दर्जनौँ हिट फिल्म दिएका थिए । उनलेहालै मात्र आफ्नै लगानीमा बनाएको ‘कोहिनूर’ फिल्म प्रदर्शनरत छ।
गत असार २७ गते हिरोइन श्रीमती स्वेता खड्काका साथ श्रीकृष्ण उपचारका लागि दिल्ली गएका थिए । जहाँबाट उनी कहिल्यै नफर्कने गरी बिदा भए ।















प्रतिक्रिया