२६ कार्तिक २०८३, बिहिबार

संसदमा भावुक हुँदै प्रचण्डले के–के भने ?

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, १९ साउन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यवस्थापिका संसदमा भावुक भएका छन् ।

‘विगतले भावुक बनाउँछ’ भन्दै आफ्नो जीवनको बारेमा बोल्दै गर्दा प्रचण्ड सदनमा भावकु देखिएका हुन् । प्रचण्डले आफू सामान्य गरीब किसानको छोरा भएको र प्रधानमन्त्री बन्छु भन्ने कुरा सोच्दै नसोचेको बोल्दै गर्दा उनका आखा रसाएका थिए । प्रचण्डले भने– एउटा व्यक्ति र नेताको रुपमा म खुल्ला किताब हुँ ।

मेरो सबल र दुर्बल पक्ष के भन्ने कुरा यहाँसम्म आइपुग्दा सबै सहयात्री र नेपाली जनतालाई पनि थाहा भएको छ । मेरो योगदान र कमजोरीका कारण भएको क्षति का बारेमा पनि जनताले मूल्यांकन गरिरहेको छ । मैले सशस्त्र विद्रोहको नेतृत्व गर्ने, ऐतिहासिक शान्ति प्रक्रियाको नेतृत्व गर्ने, गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्ने, राष्टिय सवालमा राजीनामा दिनुपर्ने, त्यसपछि पाटी विभाजनको पीडा भोगेको छु ।

मेरो कल्पना पनि थिएन प्रधानमन्त्री बन्ने । म गरीब किसानको छोरो हुँ म । एउटा गरीब किसानको छोराले प्रधानमन्त्री बन्ने कल्पना गर्नु दुरुह कुरा पनि हो । समाजका व्यथिति, अन्याय, असमानतासँग शोषणसँग कुँढिएर त्यसविरुद्ध जानुपर्छ भनेर हिँडेको सामान्य सिपाही जस्तो थिए र छु । जागिर खाँदै गर्दा पूर्णकालिन भएर कम्युनिष्ट आन्दोलनमा लागे । कालान्तरमा म सुप्रिम कमाण्डर भए । त्यो बन्ने पनि योजना थिएन तर भएँ । त्यो क्रममा मबाट धेरै गल्तीहरु भए ।

मलाई कुराको ठेगान नभएको, स्थिर नभएको पनि भन्छन्, मलाई त्यसको राम्रो हेक्का छ । तर यदि म अस्थिर नभएको भए जनयुद्धको अवस्था के हुन्थ्यो होला, शान्ति प्रक्रियाको अवस्था के हुन्थ्यो, संघीय गणतन्त्रको अवस्था के हुन्थ्यो होला ? म त्यस्तो नभएको भए माधव नेपाल जी, झलनाथ जी, केपी ओली ज्यू के हुन्थ्यो होला ? मेरो अस्थिरताले कहिले धेरै नै फाइदा पुर्याएको छ । देशलाई कति फाइदा पुर्याएको छ । यसलाई अस्थिरता भन्ने कि गतिशीलता भन्ने कुरा इतिहासले फैसला गर्ने हो । म दावी गर्दिँन । म जनता र देशका लागि हिँडेको हो, म अन्तसम्म देश र जनताको हितमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।