काठमाडौं, १९ साउन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका माग सम्बोधन नभएसम्म देशमा समृद्धि र राष्ट्रिय एकता हुन नसक्ने बताएका छन् ।
व्यवस्थापिका संसदमा प्रधानमन्त्री उम्मेदवारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गर्दै यादवले अब आउने सरकारले मधेसका माग सम्बोधन गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस र माओवादी गठबन्धनले मधेसका मागलाई स्वीकार गर्नु ठूलो कुरा हो भन्दै यसैकारण मधेसी मोर्चा र संघीय गठबन्धनले प्रचण्डलाई समर्थन गरेको यादवले स्पष्ट पारे । उनले भने- ‘नयाँ सरकार बनिसकेपछि हामीसँग भएका सहमति र सहकार्य कार्यान्वयन हुनेछन् ।’
प्रधानमन्त्रीका एक्ला उम्मेदवार प्रचण्डले निश्चित रुपमा गोल हान्ने उनको भनाई थियो । ‘प्रचण्डले निश्चितरुपमा गोल हान्नुहुन्छ,’ उनले भने- ‘किनकि यो खेलमा गोलकिपर नै छैन् ।’












प्रतिक्रिया