२६ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री बन्नै लाग्दा प्रचण्ड किन दुःखी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda3-600x330

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवार बन्दा आफू खुसी र सन्तुष्ट हुन नसकेको बताएका छन् ।

व्यवस्थापिका संसदमा बोल्दै प्रचण्डले प्रधानमन्त्री पदको उम्मेदवारी प्रस्तुत गर्दा धेरै सन्तुष्ट हुन नसकेको बताए ।

राष्ट्रिय एकता र सहमतिमा आफूले पहिलेदेखि नै जोड दिइरहे पनि आज प्रधानमन्त्रीको उम्मेदवारी दिँदै गर्दा एकमात्र उम्मेदवारको रुपमा आफू रहनु सन्तोषजनक विषय भएपनि फेरि संसद बिभाजित हुन लागेकाले आफू खुसी नभएको प्रचण्डको भनाइ थियो ।

‘गत वर्षको विनाशकारी भूकम्पको मुकाविला गर्न राष्ट्रिय सहमति र एकताको आवश्यकता छ भनेर हामीले जोड दिएका थियौं । संविधान निर्माण र सरकार निर्माणमा पनी राष्ट्रिय सहमतिलाई जोड दियौं । राष्ट्रिय एकता छ सहमतिको आवश्यकता छ भनेर जोड दिने दल र नेता म आफै रहँदै आएको छ’ उनले भने- ‘तर, आज मेरो उम्मेदवारीका बेला यो सदन विभाजन हुँदैछ । म खुसी हुन सकेको छैन् ।’

सरकार सहमतिको नभए पनि मुद्दाहरुमा सहकार्य हुने प्रचण्डको विश्वास छ । आफू प्रधानमन्त्री भएमा विना कुनै आग्रह-पूर्वाग्रह विना सहकार्य गर्ने प्रचण्डले प्रतिबद्धता जनाएका छन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=qIZG2ULt4kI