२६ कार्तिक २०८३, बिहिबार

प्रचण्ड प्रधानमन्त्री बन्नुअघि संसदमा देउवाको पालो! १६ जनाले समर्थन मन्तव्य दिने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-prachanda

काठमाडौँ, १९ साउन । व्यवस्थापिका-संसद्को आजको बैठकमा सांसद पुष्पकमल दाहालले नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै हुनुहन्छ ।

नेपालको संविधानको धारा २९८ को उपधारा ९३० एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को नियम ४९ को उपनियम ९४० बमोजिम उहाँले उक्त पदमा उम्मेदवारीको सूचना प्रस्तुत गर्ने कार्यसूची व्यवस्थापिका–संसद्ले प्रकाशन गरेको छ ।

संसद्को आजको कार्यसूचीअनुसार उक्त उम्मेदवारीको सूचनाको प्रस्तावक सांसद शेरबहादुर देउवा र समर्थक अर्का सांसद कृष्णबहादुर महरासमेत १६ जनाले समर्थन मन्तव्य दिने कार्यक्रम छ ।

त्यसपछि उक्त उम्मेदवारीको सूचनालाई सभामुख ओनसरी घर्तीले निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

आज बिहान ११ बजेका लागि निर्धारण भएको संसद् बैठक अहिलेसम्म प्रारम्भ भएको छैन । रासस