काठमाडौँ, ५ भदौ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच बिहीबार भेटवार्ता भएको छ ।
भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था र नेपाल–भारत सम्बन्धका विषयमा कुराकानी भएको थियो ।
नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, संविधानका अन्तरवस्तुमा सहमति कायम गर्न दलहरुबीच जारी प्रयत्नलगाएतका बारेमा कुराकानी भएको नेपालका निजी सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध विषयमा समेत कुराकानी भएको थियो ।
नेपालको हित एवं द्विपक्षीय सम्बन्धलाई समेत ध्यानमा राख्दै जलस्रोत तथा उर्जा सम्बन्धी आवश्यक तयारीका सहित आगामी भ्रमणलाई थप उपलब्धिमूलक बनाउने विषयमा पनि उहाँहरुबीच कुराकानी भएको थियो।
राजदूत रेले दलहरुबीच संविधान निर्माणका विषयमा पछिल्लो समयमा भइरहेका सहमति प्रयास र समयमै संविधान जारी हुने वा नहुने सम्भावनाका विषयमा समेत जिज्ञासा राख्नु भएको थियो ।
पूर्व प्रधानमन्त्री नेपालले सहमति प्रयास जारी रहेको र समयमै संविधान जारी गर्न आफूहरु प्रयत्नरत रहेको प्रतिक्रिया दिनुभएको थियो ।
















प्रतिक्रिया