२६ कार्तिक २०८३, बिहिबार

संसदमा प्रधानमन्त्री निर्वाचन हुँदै, प्रचण्ड निर्वाचित हुने पक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda_4काठमाडौं, १९ साउन । नयाँ प्रधानमन्त्री चयनका लागि संसदमा आज मतदान हुने भएको छ ।

बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्री पदका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डको नाम प्रस्ताव गरिनेछ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई कांग्रेससहितका दलहरूको समर्थन छ ।

एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिएका दाहाल एक्ला उम्मेदवार हुन् । दाहालको प्रस्तावलाई संसद बैठकमा ध्वनी मतबाट निर्णय गराइनेछ । ध्वनी मतपछि दाहाललाई समर्थन गर्ने दलका सांसदहरूले हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

आजै अपरान्हसम्म प्रधानमन्त्रीमा दाहाल मुलुकको नयाँ प्रधानमन्त्रीका रुपमा निवार्चित हुने पक्का छ ।