३० आश्विन २०८३, शुक्रबार

नेवि संघको त्रिवि इकाइ अधिवेशन गर्न निर्देशन समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nebisangha-eaki

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ त्रिवि इकाइको अधिवेशन गर्न पूर्वअध्यक्ष गुरुराज घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ।

विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशीको सक्रियतामा बुधबार त्रिवि इकाइको विवाद समाधान गर्दै यथाशिघ्र अधिवेशन गर्न घिमिरे संयोजक तथा दीपेन्द्र आचार्य र सरोजकुमार थापा सदस्य रहेको निर्देशन समिति गठन गरिएको हो।

दुई साताभित्र अधिवेशन सम्पन्न गर्ने गरी समितिलाई एक संयन्त्र तयार पार्ने अधिकार दिइएको छ।

त्यस्तै, कञ्चनपुर र धादिङमा रहेको संघको विवाद पनि समाधान भएको जोशीले जनाउनुभएको छ । नेविसंघको महाधिवेशन हुँदैन कि भन्ने अन्योल हट्दै गएको पनि जोशीको भनाई छ ।

नेविसंघले भदौ २९ देखि काठमाडौंमा ११ औं महाधिवेशन गर्ने घोषणा गरेको छ। यसअघि चारपटक महाधिवेशन मिति तोकिए पनि आन्तरिक विवादका कारण स्थगित गरिएको थियो।