११ कार्तिक २०८३, बुधबार

प्रचण्डको उम्मेदवारीसँगै दुई परिवर्तन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda_4काठमाडौं, १९ साउन । नयाँ सरकार गठनसँगै मुलुकमा तत्काल दुई वटा परिवर्तन देखिदैँछन् ।

पहिलो– दुई विपरित सिद्वान्तका दल कांग्रेस र माओवादी सहकार्य र दोस्रो– संयुक्त मधेसी लोकतान्त्रिक मधेसी मोर्चाको संसदमा सहभागिता । नागरिक दैनिकले समाचार छापेको छ ।

कांग्रेस–माओवादी गठबन्धन सरकारले जनतालाई राहत पुग्ने गरी गर्ने कामको नतिजा देख्न केही महिना लाग्न सक्ने भए पनि दुई परिवर्तन भने बुधबारदेखि नै देखिनेछन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा हरेक दिन संसद बहिष्कार गर्दै आएका मधेसवादी दलले प्रचण्ड नेतृत्वमा बन्न लागेको सरकारलाई सघाउने निर्णय गरेपछि नेपाली राजनीति थप रोमान्चित बनेको हो ।