काठमाडौं, १८ साउन । सिभिल बैंकले युनिक फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ ।
मंगलबार सिभिल बैंकले युनिक फाइनान्स लिमिटेडलाई खरिद गर्ने समझदारी पत्रमा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग र युनिक फाइनान्सका अध्यक्ष डा. बिनोद बहादुर खत्रीले हस्ताक्षर गर्नुभयो । मर्जरपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बंैकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ ।
रु २३ करोड चुक्ता पुँजीे रहेको युनिक फाइनान्सको खरिद पश्चात र यसअघि २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीबीच मर्जर पछी सिभिल बैंकको पुँजी रु ५ अर्ब ३१ करोड पुग्नेछ ।
यो मर्जरबाट बैंकको व्यवसाय गर्ने क्षमता वृद्घि भई केहि ठूला परियोजनाहरु लगायत उद्योग व्यवयसायमा थप लगानी गर्न सहज हुने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो । टी–२४ नामक अत्याधुनिक अपरेटिङ्ग सफ्टवेयर प्रयोग गरेको यस बैंकले आगामी दिनहरुमा नयाँ तथा ग्राहक मुखी थप सेवाहरु पनि थप्दै लाने कुरा जनाएको छ ।
साथै २०७४ असाढ मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकले बोनस शेयर र हकप्रद शेयर एवम् अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई पनि साथ–साथै अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताउनुभयो ।
















प्रतिक्रिया