– शेरबहादुर थापा
मुम्बई । शिक्षण पेशामा अवद्व लोकेन्द्र जिसी कुमारको तीज एल्बम सार्वजनिक भएको छ ।
लोकदोहोरी क्षेत्रमा शब्द सर्जक, उत्कृष्ट मोडल, गायकका रुपमा आफ्नो छुट्टै पहिचान बनाइसकेका जिसिको शब्द रचनामा यो गीत निर्माण भएको हो । खासगरि नेपाली चेलिबेटीको महान चाड तीजको अवसरमा उनले लाखौँ चेलीहरुलाई नचाउन टिका पुनको स्वरमा यो गीत सुसज्जित पारेका छन् ।
गीतमा दर खाने देखि गहनाहरु हराएका प्रसंगहरु समेटिएको छ भने यो गीतको भिडियो समेत सार्वजनिक भइसकेको छ । तीज गीत ‘मेरो कानैको झुम्काना हरायो’ बोलको तिजी गितको लय कमल जिसिले भरेका हुन ।
आशिष म्यूजिक प्रालिको प्रस्तुतिमा यो गीत बजारमा आएको हो । विसं २०६५ देखि निरन्तर सांगीतिक यात्रामा अनवरत खटिरहेका जिसिको यो एल्बमले बजारभरि चर्चा बटुलिरहेकोछ । करिब दुइ दर्जन भन्दा बढि म्यूजिक भिडियोमा समेत शसक्त अभिनय गरिसकेका जिसिले ‘कस्तो माया लाएँ’ भन्ने गीतबाटै संगित यात्राको आरम्भ गरेका थिए । हामीसँग संक्षिप्त रुपमा कुरा गर्दै गायक तथा मोडल जिसिले आफूले नेपाली सांगीतिक क्षेत्रमा इटा थप्न सकेकोमा खुशी लागेको प्रतिक्रिया दिए ।
उनले भने– ‘मेरा दर्शकहरुको अपार माया, स्नेह अनि सहयोग र सदभावका कारण नै मैले नेपाली सागितिक क्षेत्रमा इटा थप्न सकेँ ।’ उनले आफ्नो यो गीतलाई पनि आम दर्शकहरुले मन पराउने दाबी गर्दै अब आफू दशैँ तिहार सम्बन्धीगितको तयारीमा लागेको समेत खुलाए ।
उनले दैलेखस्थित झुप्रेसाल, नारायण नगरपालीकामा रहेको उच्च माविमा अध्यापन समेत गर्दै आएका छन् ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया