११ कार्तिक २०८३, बुधबार

‘प्रचण्ड’को दलद्वारा सार्वजनिक जग्गा वितरण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachandकाठमाडौं, १८ साउन । सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको माओवादी केन्द्रले गोरखामा कानुन विपरीत सार्वजनिक जग्गा व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको छ ।

हालै स्थानीय बासिन्दाको पहलमा व्यक्तिको कब्जाबाट मुक्त गराइएको गोरखा नगरपालिका– ९ को दरौंदी बगरको करिब पाँच सय रोपनी जग्गा केन्द्रले फेरि व्यक्तिलाई बाँड्ने अभियान सुरु गरेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

माओवादी केन्द्रले संघर्ष समिति गठन गर्दै उक्त जग्गा किसानलाई खेती गर्न दिन दबाब दिएको हो ।

केन्द्र निकट किसान संघका सचिव रामबहादुर खड्काको संयोजकत्वमा शनिबार ३१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

माओवादी झन्डासहित नगर संयोजक कृण्ण रानाको नेतृत्वमा सार्वजनिक जग्गामा पुगेका उनीहरुले विभिन्न नारा लगाएका थिए ।

केही दिनअघी सूर्योदय युवा क्लबका युवक र स्थानीय बासिन्दा मिलेर उक्त जग्गा व्यक्तिको नियन्त्रणबाट मुक्त गरी खेलकुद मैदान निर्माण गर्ने तयारी गरिएको थियो ।