१ कार्तिक २०८३, आइतबार

रसियाली सैनिक हेलिकोप्टर सिरियाको इदलिबमा खसालियो, पाँचको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

russian

मस्को (रसिया), १७ साउन द्वन्द्वपीडित सिरियाली नागरिकका लागि खाद्यान्नलगायत अति आवश्यकीय सामान प्रचिन शहर अलेप्पो पुर्याएर फर्किँदै गरेको रसियाली सैनिक विमानलाई सिरियाको इदलिब प्रान्तमा आक्रमण गरी खसाल्दा विमानमा यात्रारत तीन जना चालक दलका सदस्यसहित दुई जना अन्य सरकारी अधिकारीको सोमबार मृत्यु भएको रसियाली प्रशासन केन्द्र क्रेमलिनले बताएको छ ।

रसियाली रक्षा मन्त्रालयले हेलिकोटरलाई सिरियाको इदलिब प्रान्तमा खसालेको र विमानमा यात्रारत सबै पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

रसियाली एमआई–८ सैनिक हेलिकोप्टरलाई द्वन्द्वपीडित नागरिकलाई खाद्यान्न लगायतका अति आवश्यकीय सामान सिरियाली प्राचीन सहर अलेप्पोमा पुर्याई मेहमिम हवाई अड्डामा फर्किने क्रममा इदलिब प्रान्तमा आक्रमण गरी खसालिएको छ, मन्त्रालयले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले घटनामा मृत्यु हुने सबै जनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

यससँगै सिरियाली द्वन्द्वका क्रममा ज्यान गुमाउने सेनाको सङ्ख्या १८ पुगेको बताइएको छ । रासस-एएफपी