१ कार्तिक २०८३, शनिबार

यस्तो बन्ने भयो नयाँ धरहरा (फोटो र भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dharara-sckech-10

काठमाडौं, १७ साउन । विनाशकारी भूकम्पबाट भत्किएको धरहराको आधुनिक सुविधासहित पुनर्निर्माण हुने भएको छ ।

सरकारले बनाउन लागेको आधुनिक सुविधासहितको नयाँ धरहराको स्केच सोमबार सार्वजनिक भएको छ । स्केचमा धरहरा २९ रोपनी क्षेत्रफलमा फैलिएको र परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु देखाइएको छ ।

dharara-sckech-6

नयाँ धरहराका लागि सरकारले ४२ रोपनी जग्गा प्रदान गर्ने निर्णय गरिसकेको छ । पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलका अनुसार अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा मिलाएर आधुनिक सुविधा सम्पन्न धरहरा बनाउन लागिएको हो ।

dharara-sckech-13

नयाँ धरहराभित्र दुइतले पार्किङ, म्युजियम, थियटर, गार्डेन लगायत संरचना बनाइने मन्त्री पोखरेलले जानकारी दिए । यसको पुनर्निर्माणमा ३ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । आगामी तीन वर्षभित्र बनाइसक्ने लक्ष्य लिइएको छ ।

इञ्जिनियर विष्णु पन्थीका अनुसार अबको धरहरा ११ तलाको हुनेछ ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=PNK6rVjs63U

dharara-sckch dharara-sckech-1 dharara-sckech-2 dharara-sckech-3 dharara-sckech-4 dharara-sckech-5  dharara-sckech-7 dharara-sckech-8 dharara-sckech-9  dharara-sckech-11 dharara-sckech-12