१ कार्तिक २०८३, आइतबार

चीनले पाकिस्तानलाई दियो आणविक भट्टी, भारतको आपत्ति

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-nuclear-reactor

काठमाडौं, १७ साउन । चीनले पाकिस्तानलाई ‘परमाणु रियाक्टर’ अर्थात आणविक भट्टी उपलब्ध गराएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीनको यो कदममा पाकिस्तानलाई ‘दुश्मन’ मान्ने भारतले आपत्ति जनाएको छ । उसले चीनबाट आणविक हतियार अप्रसार सन्धीको गम्भिर उल्लंघन भएको आरोप पनी लगाएको छ ।

तथ्यांकअनुसार सन् २००४ मा आणविक आपूर्तिकर्ता समूहको स्थायी सदस्य भइसकेपछि चीनले पाकिस्तानलाई ६ वटा आणविक भट्टी उपलब्ध गराइसकेको छ ।

भारतको आर्म्स कन्ट्रोल एसिसिएसन नामक नियामक निकायले पाकिस्तानलाई आणविक भट्टी उपलब्ध गराएर चीनले अन्तर्राष्ट्रिय सन्धी उल्लङ्घन गरेको आरोप लगाएको हो ।