१ कार्तिक २०८३, आइतबार

बेलुन दुर्घटनाबाट टेक्सासमा सोह्रको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hot-air-balloonहस्टन (अमेरिका), १ ७ साउन । अमेरिकाको दक्षिण राज्य टेक्सासको मध्य क्षेत्रमा हट एयर बेलुनमा आगलागी हुँदा कम्तिमा शनिबार १६ जनाको मृत्यु भएको छ ।

उडिरहेको बेलुनलाई आगोले समातेपछि आगोको ज्वालाले बेलुनको सबैभाग जलेको अवस्थामा आकाशबाट खसिरहेको आफूले देखेको एक प्रत्यक्षदर्शी महिलाले बताइन् ।

हट एयर बेलुनमा यस किसिमको दुर्घटना अमेरिकी इतिहासमा नै ठूलो दुर्घटना भनी अमेरिकी सङ्घीय उड्डयन प्रशासन (एफएए) ले बताएको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान ७ः४० बजे भएको बेलुन दुर्घटना स्थललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले घटनामा मृत्यु भएका मानिसको परिचय खुलाएको छैन ।

एफएए र एनटीएसबी अधिकारीले दुर्घटना प्राविधिक कारणबाट हुन पुगेको वा चालकको कमजोरीका कारण भएको भन्ने विषयमा अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ ।

अमेरिकामा हट एयर बेलुनको सञ्चालन सन् १९६४ देखि सुरु भएको र अहिलेसम्म ६९ वटा दुर्घटना भएको यहाँका अधिकारीले बताएका छन् ।

शनिबारको दुर्घटनामा १६ जनासहित अहिलेसम्मका सम्पूर्ण दुर्घटनामा ११६ जनाको मृत्यु भएको छ । – सिन्ह्वा