११ कार्तिक २०८३, बुधबार

लोकमानसिंह कार्कीको सम्पत्ति खोजबिन सुरू

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman Singh Karkiकाठमाडौं, १७ साउन । सोलीडारिटी फर डा केसी अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ ।

प्रमुख आयुक्त भएको तीन वर्ष बितिसक्दा पनि कार्कीले संविधानको प्रावधान अनुरुप सम्पत्ती विवरण सार्वजनिक नगरेको भन्दै अलायन्स समर्थित युवाहरुले त्यस्तो माग गरेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

नेपालको संविधानको धारा २७, सूचनाको हकसम्बन्धी ऐन २०६४ को दफा ३ र ७ तथा उक्त ऐनको दफा ३ (३) अनुसार सम्पत्ति विवरण प्रवाह गर्न नमिल्ने सूचनाको बर्गमा नपरेको उनीहरुको दाबी छ ।

आइतबार सूचनाको हकले दिएको अधिकारको प्रयोग गर्दै सयौं युवाले आयोगमा निवेदन दर्ता गर्न पुगेका थिए ।

माथीको आदेश भन्दै झण्डै एक घन्टा निवेदन दर्ता गर्न आयोगका कर्मचारीले आलटाल गरेका थिए ।

त्यसपछि केसी समर्थक र आयोग सुरक्षार्थ कर्मचारीबिच झडपकै अवस्था निम्तिएको थियो ।