११ कार्तिक २०८३, बुधबार

एमालेले प्रचण्डलाई निर्विरोध हुन नदिने, प्रधानमन्त्रीमा उम्मेदवारी दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp oli Prachandकाठमाडौं, १७ साउन । प्रतिपक्षमा बस्ने करिब निश्चित गरिसकेको एमालेले प्रधानमन्त्रीको चुनावमा आफ्नै पार्टीबाट उम्मेद्‍वारी दिने तयारी गरेको छ ।

यो विषयमा पार्टीले औपचारिक निर्णय नगरे पनि उम्मेद्वारी दिएर बिपक्षमा बस्नु उपयुक्त हुने धारणा पार्टीका नेताहरुले बनाइरहेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘उम्मेद्वारी नै दिने भन्ने निष्कर्षमा हामी पुग्छौं होला’, एमाले सचिव प्रदीप ज्ञवालीले भने, ‘यसबारेमा पार्टीभित्र छलफलमा छौं ।’

प्रधानमन्त्रीको चुनावमा एउटैमात्र उम्मेद्‍वारी भएपनि संसदभित्र मत विभाजनको प्रक्रिया मार्फत् नै मतदान गराउनुपर्छ ।

त्यस्तो मतदानमा सम्बन्धित उम्मेद्वारको विपक्षमा पनि मतदान गर्ने प्रावधान हुन्छ ।

यो प्रावधानका कारण आफ्नो उम्मेद्वार नउठाउदा पनि प्रतिपक्षमा बन्न सक्ने अवस्था हुन्छ ।

तर पार्टीको इज्जतका लागि पनि हार्ने निश्चित हुँदा हुँदै पनि प्रधानमन्त्री चुनावमा दलहरुले उम्मेद्वारी दिने गरेका छन् ।

यसअघि केपी ओली प्रधानमन्त्री बन्दा कांग्रेसबाट तत्कालीन सभापति सुशील कोइरालाले उम्मेद्वारी दिएका थिए ।

प्रधानमन्त्रकिो उम्मेद्‍वारी कसलाई बनाउने भन्ने एमाले टुंगो गरेको छैन । यद्यपि हालका प्रधानमन्त्री ओलीले चाही उम्मेदवारी नदिने सचिव ज्ञवालीले बताए ।

उम्मेद्वारी दिएको अवस्थामा अन्य नेताहरु नै उम्मेद्वार बन्ने संभावना छ ।

पूर्वप्रधानमन्त्री भइसकेका बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल पनि हार्ने चुनावमा उम्मेवार बन्न इच्छुक छैनन् ।

एमालेभित्र उपाध्यक्ष बामदेव गौतम र पूर्वसभामुख सुवास नेम्बाङलाई उम्मेवार बनाउने चर्चा चल्न थालेको छ ।