२ कार्तिक २०८३, सोमबार

चाउचाउ समेत खान नपाएपछि कर्मचारीले हुम्ला छाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

humla-simikot-humla

हुम्ला, ५ भदौ । मध्यपश्चिमको दूर्गम हिमाली जिल्ला हुम्लामा खान नपाएपछि त्यहाँ कार्यरत कर्मचारीले जिल्ला छोडेका छन् ।

जिल्ला सदरमुकाम सिमकोटमा तीन महिनादेखि खाद्य सङ्कट हुँदा अन्य जिल्लाबाट आएका कर्मचारी काज बिदा लिएर हिँडेका हुन् ।

अविरल वर्षाले सडक बन्द हुँदा यतिबेला सदुरमुकाम सिमकोटमा चाउचाउसमेत छैन ।

एक गेडो खाद्यान्न हुम्लाका बासिन्दाले चीनको ताक्लाकोटबाट महंगो मूल्यमा मैदा ल्याएर ढिंडो खाएर छाक टारिरहेका छन् ।

खाद्यान्न अभाव भएपछि छिमेकी जिल्ला मुगुबाट खच्चडमा ल्याइएको ३० किलोको एक बोरा चामल पाँच हजार पाँचसयका दरले सदरमुकाम र नजिकका गाविसमा बिक्री भइरहेको छ ।

सरकारले समयमै खाद्यन्न ढुवानी नगरे दशैं तिहारमा पनि हुम्लाबासीलाई भोकभोकै बस्नुपर्ने चिन्ताले सताएको छ । रासस