काठमाडौ, ५ भदौ । संविधानसभाको दोस्रो ठुलो दल नेकपा एमालेको पदाधिकारी बैठक पार्टी मुख्यालय बल्खुमा बिहीबार दिउँसो २ बजे बस्ने भएको छ ।
बैठकमा संविधानका विषयमा साझा धारणा बनाउने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
‘संविधानसभामा संविधानका महत्वपुर्ण विषयमा छलफल सुरु भएसँगै पार्टीको बटमलाईन तय गर्न बैठक बस्न लागेको हो,’ ती नेताले भने ।
बैठकमा संविधान बनाउने विषयमा पार्टीले देखाउन सक्ने लचकता र सहमतिका लागि अरु पार्टीसँगको सहकार्यका विषयमा पनि छलफल हुनेछ ।
















प्रतिक्रिया