काठमाडौं, १६ साउन । एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलालाई प्रधानमन्त्री बनाउन आफू असफल भएको बताएका छन् ।
पुष्पलाल अध्ययन समाजद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
नेता गौतमले कसका कारण असफल भए उक्त कुरा खुलाएनन् । वैशाख २३ गते एमाले र एमाओवादीको सहकार्य तोडिन लाग्दा आफूहरूले नै जोडेको र त्यसैबेला उनलाई प्रधानमन्त्री बनाउने सहमति भएको गौतमले खुलासा गरे ।















प्रतिक्रिया