११ कार्तिक २०८३, बुधबार

प्रचण्डलाई ओलीको प्रश्नै प्रश्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand & KP OLIकाठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी ओलीले बैठक अवधिभर प्रश्नैप्रश्न सोधेर आफूलाई भेट्न आएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेद्वार पुष्पकमल दाहाललाई नाजवाफ त बनाए नै, त्यो सँगै एमाले सरकारमा नजाने र सबल प्रतिपक्षको भूमिका निभाउने फैसला पनि सुनाएका थिए ।

दाहाल राष्ट्रपतिबाट भएको सहमतीय सरकार निर्माणयको सन्दर्भमा आफ्नो नेतृत्वको सरकामा सामेल हुने निमन्त्रणासहित प्रधानमन्त्री तथा एमाले अध्यक्षसँग भेट गर्न शनिबार बालुवाटार पुगेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘भेटमा प्रधानमन्त्रीले के सन्दर्भमा भेट्न खोज्नुभएको हो भनि प्रश्न गरेपछि दाहालले राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा बताउनु भएको थियो ।

त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारको बारेमा तपाईँको दल र तपाईँसँग सहकार्य गर्न खोज्ने कांग्रेसको धारणा के हो भनि प्रश्न गर्नुभएको थियो’, प्रधानमन्त्रीका प्रेस सल्लाहालकार प्रमोद दाहालले भने, ‘के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको पक्षमा उभिएको हो ? यदि कांग्रेस राष्ट्रिय सहमतिको पक्षमा उभिएको हो भने पहिला उसको धारणा प्रष्ट पार्नुपर्छ ।’