३० आश्विन २०८३, शुक्रबार

सुनसरीका काँग्रेस नेताबाट आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

congress-flag

इटहरी, ४ भदौ । नेपाली काँग्रेस सुनसरीका जिल्लास्तरीय नेता विनय बस्नेतले आत्महत्या गरेका छन् ।

बुधबार बिहान मर्निंग वाकपछि ८ बजेतिर कोठामा छिरेका ३२ वर्षीय बस्नेतलाई बिहान आफ्नै घरको सुत्ने कोठाको सिलिङ फ्यानमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको प्रहरीले बताएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शव परीक्षण गरिएको बस्नेतको सुनसरी खोलामा जातीय परम्परा अनुसार बुधबारै अन्तिम संस्कार गरिएको छ ।