काठमाडौं, १५ साउन । उत्तर कोरियाका क्रुर तानाशाह किम जोंग उनले आफ्नै ६ जना अधिकारीहरुको उनकै परिवारका अगाडि गोली हानेर हत्या गरेका छन् ।
चीनमा रहेको उत्तर कोरियाली रेष्टुरेन्टबाट १३ जना कर्मचारीलाई दक्षिण कोरिया भाग्न सघाएको आरोपमा किमले ६ अधिकारीलाई सजायँ स्वरुप मृत्युदण्ड दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैवर्षको अप्रिलमा चीनको पूर्वी तटको सहर निंगबोमा रहेको उत्तर कोरियाली रेष्टुरेन्टबाट १२ महिला र १ पुरुष कर्मचारी दक्षिण कोरिया भागेका थिए ।
डेली मेलको रिपोर्टअनुसार ६ अफिसरका परिवारलाई ताल्चा लगाएर एउटा कोठामा बन्द गरियो र उनीहरुकै अगाडि ती अधिकारीहरुलाई गोली हानी मृत्युदण्ड दिइयो । रिपोर्टअनुसार यो घटना ५ मे मा भएको थियो ।
















प्रतिक्रिया