३० आश्विन २०८३, शुक्रबार

आमाले १० हजार नदिएको झोंकमा पुलबाट हामफालेर आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parbat_district_Map

फलेवास (पर्वत), ४ भदौ । मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुलबाट हामफालेर एक युवाले आत्महत्या गरेका छन् ।

पर्वतको ठूलीपोखरी गाविस–५ झाँक्रीखोलाका १८ वर्षीय प्रताप सापकोटाले बुधबार बिहान पुलबाट हामफालेर आत्महत्या गरेका हुन् ।

बिहान घरबाट कुश्मा जान्छु भनी हिँडेका सापकोटाले कुश्मा–ज्ञादी झोलुङगे पुलको छेवैमा रहेको एक होटलमा चुरोट पिएपछि लगत्तै पुलमा पुगेर हाम फालेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार उनले बिहान सदरमुकाम जान्छु भनी आमासँग रु १० हजार मागेका र आमाले आफूसँग पैसा नभएको भनेपछि रिसाउँदै घरबाट निस्किएका थिए ।

मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वत ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । रासस