झापा । झापाको दमकमा लिटल प्रिन्स एण्ड प्रिन्सेस नेपालको अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको छ ।
जुनियर र सिनियर गरि दुई समूहमा सञ्चालित उक्त प्रतिस्पर्धामा श्रेया पोखरेल, विवेक घिमिरे सिनियर तर्फ विजेता भएभने स्मारिका कोईराला र सुमेस खनालले जुनियर तर्फको उपाधी उचालेका थिए । बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले ग्ल्यामरस नेपालको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा दमकका विभिन्न विद्यालयका ८५ जना वालवालिका सहभागिता रहेको थियो ।
प्रतिस्पर्धामा प्रिन्स जुनियर तर्फ फष्ट रनरअप मौषम सापकोटा, सेकेण्ड रनअरअप प्रनिस लुईटेल र थर्ड रनअरअप इथुहाङ सुब्बा घोषित भए । त्यस्तैगरी जुनियर प्रिन्सेसमा फष्ट रनअरअप अनिमा राई, सेकेण्ड रनअरअप रेसुदा भट्टराई र थर्ड रनअरअप विनिसा दुलाल घोषित भएभने सिनियर लिटल प्रिन्स तर्फ फष्ट रनअरअप मानव राई, सेकेण्ड रनअरअप संस्कार सुवेदी र थर्ड रनअरअप आर्यन थापा घोषित भए । त्यस्तैगरि प्रतियोगितामा सिनियर लिटल प्रिन्सेस तर्फ क्रिष्टल योङहाङ फष्ट रनअरअप, विनु श्रेष्ठ सेकेण्ड रनअरअप र एन्जिला बस्नेत थर्ड रनअरअप बन्न सफल भएको उक्त प्रतिस्पर्धामा अनुभवि श्रेष्ठले भ्युवर च्वाईजको उपाधी चुमेकी थिईन् ।
सहभागी सबै प्रतियोगिलाई उपाधि सहित पुरस्कृत गरिएको उक्त प्रतियोगितामा र वेष्ट ड्रेस तथा ब्यूटिफुल पर्सनालिटीमा कृष्टिना बस्नेत, वेष्ट ट्यालेन्टमा कुमोद लिम्बु र रिसर्च ओझा, ब्यूटिफुल वार्क मा श्रेया पोखरेल, वेष्ट स्माइलमा इथुहाङ सुब्बा, वेष्ट फ्रेन्डसिपमा असिम पौडेल, वेष्ट डिसिप्लिनमा निश्चल आङदेङवे, वेष्ट पर्फमेन्समा अविस पौडेल, मष्ट कन्फिडेन्टमा साइमन चैेहान, मष्ट इनर्जेटिकमा नविन रनपहेली, मष्ट हेल्पफुलमा दिपसन पौडेल, स्मार्ट वार्कमा आर्यन थापा, मष्ड हेन्डसममा प्रनिष पौडेल, वेष्ट चार्मिङमा साकार प्रसाई लगायतका अवार्डहरु प्रदान गरिएको थियो । प्रतियोगितामा निर्णयकको भूमिकामा मोडल मोनालिसा श्रेष्ठ,मिस पुर्वाञ्चल नमिता लिम्बु, प्रोफेसर डिआर सुवेदी, डा. माधव गौतम, मोडल आश्मा गुरुङ, मोडल अर्जुन उप्रेती लगायत रहनुभएको थियो ।
ग्ल्यामरस नेपालकी सञ्चालिका कविता ज्वयल श्रेष्ठको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पाथीभरा गण दमकका गणपति भरतबाबु कार्की, ईलाका प्रहरी कार्यालय दमकका डि.एस.पि. राजन लिम्बु, पाथीभरा आँखा हस्पिटल दमकका अध्यक्ष अजय अग्रवाल, उद्योग वाणिज्य संघ दमकका अध्यक्ष प्रकाश प्रसाई, नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष प्रकाश अधिकारी, दमक जेसिजका अध्यक्ष शन्तोष अधिकारी, ब्यूटिसीयन सरस्वती सुब्बा, केशव ओझा, समाजसेवी राजकुमार श्रेष्ठ, सौन्दर्य विशेषज्ञ रचना सुब्बा, पुर्वाञ्च दैनिकका उप–सम्पादक तुलसी निरौला लगायतले पुरस्कार वितरण गरेको उक्त कार्यक्रमको सञ्चालन कोरियोग्राफर लक्ष्मण ज्वयल श्रेष्ठ र मञ्जिला समालले गरेका थिए ।
बालबालिकाको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले उक्त कायक्रमको आयोजना गरिएको ग्ल्यामरस नेपालका प्रबन्ध निर्देशक आसिम ज्वयल श्रेष्ठले बताए ।
















प्रतिक्रिया