मुम्बई । अभिनेत्री ऐश्वर्या रायले बडिगार्डको संख्या बढाउने भएकी छिन् । ऐश्वर्याले हाल भएका चार जना बडिगार्ड संख्या बढाएर ८ जना बनाउने भएकी हुन् ।
त्यसो त ऐश्वर्या फिल्मको प्रमोशनका लागि बिभिन्न सहरमा जाँदा उनको साथमा २० जनासम्म बडिगार्ड हुने गरेका छन् । ऐश्वर्यालाई पत्रकारहरूले प्रश्न सोधेर हैरान गर्ने गरेपछि आफ्नो सुरक्षाप्रति चिन्ता जनाएकी हुन् ।
यसअघि पनि ऐश्वर्याकी छोरी आराध्याय पत्रकारहरूका कारण भइँमा लडेपछि आक्रोश जनाएकी थिइन् । – एजेन्सी















प्रतिक्रिया