काठमाडौं । मोडलिङमा रमाउँदै आएका राजकुमार तामाङलाई आजकाल भ्याइ नभ्याइ छ । तामाङ अलि धेरै म्युजिक भिडियोमा देखिने गरेका छन् ।
केही नेपाली फिल्महरू खलपात्रको रुपमा अभिनय गरेका तामाङलाई कलाक्षेत्र औधि मनपर्छ । फिल्महरूमा सानोतिनो रोल पाउनेवित्तिकै खेल्न तम्सिहाल्ने तामाङले पछिल्लो पटक तीज गीतमा पनि अभिनय गरेका छन् ।
रिमिक्स गरिएको तीज गीतमा अभिनय गरेका तामाङलाई सुष्मा कार्कीले साथ दिएकी छिन् ।
तामाङ अभिनित तीज गीतमा स्वर भने रेवती र सवीता न्यौपानेले दिएका छन् । यो तीज गीतको म्युजिक भिडियो आइतबार शूटिङ सम्पन्न भएको हो ।















प्रतिक्रिया