काठमाडौं । स्पेनको बार्सिलोनामा बस्दै आएका गायक तुलसी सिवाकोटीले नयाँ म्युजिक भिडियो ल्याएका छन् ।
सामाजिक सन्जाल, इन्टरनेट र युवापुस्तालाई सम्बोधन गरेर उनले बजारमा नयाँ म्युजिक भिडियो ल्याएका हुन् । फेसबुक ट्वीटरजस्ता सामाजिक सन्जालको बढ्दो प्रयोग र इन्टरनेटमा साटासाट हुने प्रेमका कुराहरु भिडियोमा समावेश गरिएको छ ।
गायक तुलसी सिवाकोटी लामो समयदेखि स्पेनलाई आफ्नो कर्मथलो बनाउदै आएपनि गीत संगीतको प्रेमलाई भने उनले सजीव राखेका छन ।
सिवाकोटीको यसअघिनेपाल मेरो गाउँ, तिम्रो मेरो प्रेम कहानी, आमा मेरी आमा लगायतका गीतहरु श्रोताहरुमाझ लोकप्रिय भैसकेका छन ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया