१९ कार्तिक २०८३, बिहिबार

पहिरोले बगाउँदा तीन गम्भीर घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, १० साउन । सिन्धुलीमा पहिरोले पुर्दा तीन जना गम्भीर घाइते भएका छन् भने अर्का एकको अवस्था चिन्ताजनक रहेको छ ।

कमलामाई नगरपालिका १० करकरेस्थित कमलापुलमा आएको पहिरोले स्थानीयवासी मोतीलाल श्रेष्ठको पसल बगाउँदा उहाँकै श्रमती बिन्दाकुमारी श्रेष्ठ, स्थानीय विष्णुप्रसाद कोइराला र रूपमनी मगर घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुई जनालाई काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी नायब निरीक्षक श्यामकुमार सारु मगरले जानकारी दिनुभयो । घाइतेमध्ये विष्णुप्रसाद कोइरालालाई जोरपाटीमा रहेको अर्थोपेडिक्स र रुपमनी मगरलाई बिएण्डबीमा पठाइएको छ ।

गम्भीर घाइतेमध्ये बिन्दाकुमारीको अवस्था चिन्ताजनक रहेकाले हेलिकप्टरबाट काठमाडौँ लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँलाई गाडीमा लैजान सकिने अवस्था नभएकाले काठमाडौ लैजान नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा रहे पनि खराब मौसमका कारण उड्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यसैबीच, पहिरो जाँदा अवरुद्ध भएको बिपी राजमार्गअन्तर्गत सिन्धुली–बर्दिबास सडकखण्ड जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय भीमानको प्रहरी टोलीले राजमार्ग खुलाएको छ । बिहानैदेखि अवरुद्ध राजमार्ग केही समयअघि मात्र खुलाइएको प्रहरीले जनाएको छ । सिन्धुलीका धेरै स्थानमा तीन दिनदेखि निरन्तर वर्षा भइरहेको छ । रासस