१९ कार्तिक २०८३, बिहिबार

खोला तर्ने क्रममा बगेकी महिला मृत भेटिइन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाईघाट (उदयपुर), १० साउन । आज बिहान रामपुर ठोक्सिला गाविस-२ को स्थानीय गुहेखोलाले बगाएर बेपत्ता भएकी कालीमाया राईलाई प्रहरीले दिउँसो १२ः३० बजे मृत फेला पारेको छ ।

बिहान छिमेकीको घर जान कालीमायाले स्थानीय गुहेखोला तर्ने प्रयास गरेकी थिइन् ।

खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएकी राईलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय रामपुरको टोलीले खोजी गर्दा गुहे खोलाको झाडीमा अड्किएको अवस्थामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय रामपुरले बताएको छ । रासस