१९ कार्तिक २०८३, बिहिबार

जरिवाना बढाएपछि ट्राफिक नियम मिच्ने घटे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

traffic-law

काठमाडौँ, १० साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम मिच्ने सवारी चालकलाई जरिवाना गर्ने रकममा भारी वृद्धि गरेपछि नियम मिच्नेको सङ्ख्यामा आधा कमी आएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले सवारी जरिवाना बढाएपछि ट्राफिक नियमको पालना गर्नेको सङ्ख्या बढेको बताउनुभयो । “जरिवाना रकम बढाएपछि नियम मिच्नेको सङ्ख्या बिस्तारै घट्दै छ,” उहाँले भन्नुभयो ।

ट्राफिक महाशाखाले गत जेठदेखि ट्राफिक नियम मिच्ने सवारी चालकलाई गरिने जरिवानामा भारी वृद्धि गरेको हो । ट्राफिक नियम मिच्ने गत वैशाखमा ६८ हजार ९७, जेठमा ३४ हजार ९७२ र असारमा ४२ हजार ६२५ सवारी चालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । यसअघि रु २५ देखि रु २०० सम्म जरिवाना भएकामा ट्राफिक महाशाखाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ संशोधन गदै रु ५०० देखि रु एक हजार ५०० सम्म जारिवाना बढाएका हो । रासस