१९ कार्तिक २०८३, बिहिबार

विप्लव माओवादीका तीन बन्दकर्ता पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorचितवन, १० साउन । विप्लव नेतृत्वको माओवादीले गरेको बन्दका क्रममा सवारी साधनमाथि आगजनी र तोडफोड गरेपछि प्रहरीले यहाँ जिल्लास्तरका तीन जना नेतालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार पूर्वी चितवनको रत्ननगरमा ट्रकमा आगजनी गरेको अभियोगमा रमेश लामिछाने र डायमण्ड तामाङलाई पक्राउ गरिएको छ । उनीहरुलाई सोही क्षेत्रबाट पक्राउ गरिएको कुँवरले बताउनुभयो ।

त्यसैगरी माडीको बरुवाबाट हरिमायाँ महतोलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । बन्द गराउँदै हिँडेको अभियोगमा महतोलाई पक्राउ गरिएको हो । बन्दकर्ताले आज बिहान १ः३० बजे औषधि बोकेको ट्रकमा आगजनी गरेका थिए ।

यस्तै बिहान ८ः३० बजे भरतपुर उपमहानगरपालिका–८ गौरीगञ्जमा म्याजिक भ्यानमा तोडफोड गरेका थिए भने ११ बजे भरतपुरको वीरेन्द्र क्याम्पस अगाडि रोकिराखेको ट्रकमा तोडफोड गरेका थिए ।

बन्दकर्ताले तोडफोड र आगजनी बढाएपछि प्रहरीले हस्तक्षेप बढाएको हो । प्रहरी उपरीक्षक कुँवरले आगजनी, तोडफोड र बन्द गर्दै हिँड्नेहरुमाथि निगरानी बढाएको बताउनुभयो । बन्दकर्ताले लुकेर सवारी साधनमाथि तोडफोड र आगजनी गरी भाग्ने गरेका छन् । रासस