१ कार्तिक २०८३, आइतबार

तीजका गीतमा नाच्दै मोडल टीका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tika-Jaisiकाठमाडौं । हिन्दू नारीहरूको तीज पर्व नजिकिँदै गर्दा तीज गीतहरू धमाधम आउने क्रममा छन् । तीज गीतहरूको पनि माग बढ्दो छ । कमाइका हिसावले पनि तीज पर्वमा गायक/गायिका र कलाकारहरूलाई राम्रो मान्न सकिन्छ ।

मोडल टीका जैसीलाई पनि तीज गीतहरूमा नाच्न भ्याई नभ्याई छ । आजकाल टीका अलि व्यस्त छिन् । तीजका गीत मात्रै दश वटामा मोडलिङ गरिसकेकी उनले सबै गीतमा राम्रो अभियन गरेको बताउँछिन् ।

यस पटकको तीजमा ‘आयो आयो डोटेली सौगात…’ बोलको गीतबाट अलि धेरै आशा बोकेकी टीकाले भनिन्, ‘दश वटा तीज गीतमा अभियन गरिसकेकी छु । केही गीतहरू अलि धेरै राम्रा छन् ।’

थुप्रै गीतहरूमो मोडलिङ गरिसकेकी टीकालाई फिल्ममा खेल्नका लागि पनि अफरहरू आइरहेका छन् ।

मोडलिङमा नाम कमाएपछि फिल्ममा नायिका बन्ने उनको योजना छ । ‘पहिला मोडलिङमा नाम कमाउ भनेकी छु’, उनले भनिन्, ‘फिल्ममा पनि खेल्नेछु । सबैलाई काम देखाउने गरी जाने धोको छ ।’

टीकाले म्युजिक भिडियोका निर्देशक बिक्रम चौहान र क्यामराम्यान मुकेश हुमागाइँका धेरै म्युजिक भिडियोमा मोडलिङ गरेकी छिन् । उनले हालै गायक पदमराज गिरीको तीज गीत ‘घन्काइ देउ तीजका गीत…’मा पनि अभिनय गरेकी छिन् ।