१ कार्तिक २०८३, आइतबार

भारत र चीनवीच झन् दूर बढ्ने, तीन पत्रकार देश निकाला

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China Indiaनयाँदिल्ली, ९ साउन । शंकास्पद गतिविधि गरेको भन्दै भारत सरकारले तीन जना चिनियाँ पत्रकारहरूलाई देश निकाला गरेको छ । चिनियाँ पत्रकारलाई यही महिना भारत छाड्न आदेश दिइएको छ ।

चीनको सिन्ह्वा न्युज एजेन्सीका लागि भारतको नयाँदिल्ली र मुम्बईमा कार्यरत चिनियाँ पत्रकारलाई ३१ जुलाईभित्र भारत छाड्न आदेश दिइएको समाचारमा उल्लेख छ । भारतको यो निर्णयसँगै दुई मुलुकवीचको सम्बन्ध झन् बिग्रने जनाइएको छ ।

भारतीय अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ‘उनीहरुले देश छाडे पनि सिन्ह्वाले उनीहरुको सट्टा अन्य पत्रकार भारत पठाउन सक्नेछ ।’

चिनियाँ पत्रकारहरुले हालै निर्वासित तिब्बती नेताहरु भेटेका थिए जसलाई भारत सरकारले आपत्ति जनाउँदै आएको थियो ।

पत्रकारिता बाहेकका गतिविधिमा सामेल भएको आरोपमा उनीहरु भारतीय सुरक्षा संयन्त्रको निगरानीमा रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

सिन्ह्वाका यु क्वीआंग नयाँदिल्ली ब्युरोका प्रमुख हुन् भने लु टाङ्ग मुम्बई ब्युरो प्रमुख हुन् । अर्का पत्रकार शे योंगगांग मुम्बईमा रिपोर्टरका रुपमा कार्यरत छन् । – एपी