काठमाडौं, ३ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले सरकारी निकायहरुलाई सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता अपनाउन निर्देशन दिनुभएको छ ।
उहाँले भन्नुभयो, ‘सार्वजनिक खरिद प्रक्रियामा मिलेमतो, अनियमितता, भ्रष्टाचार, विसङ्गति कहीँ कतै देखिनुहुँदैन, यस्ता प्रवृत्ति देखिएमा तत्काल कारबाही हुन्छ ।’
सार्वजनिक खरिद अनुगमन कार्यालयको आठौं स्थापना दिवसका अवसरमा मंगलबार कार्यालयका गतिविधिबारे जानकारी दिन प्रधानमन्त्री निवास पुगेका कार्यालयका उच्च अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री कोइरालाले विकास निर्माण कार्यलाई निर्धारित समयभित्रै सम्पन्न गर्न अनुगमन गर्न आग्रह गर्नुभयो ।
उहाँले विकास निर्माण कार्यमा देखिने विकृति रोक्न पनि निर्देशनसमेत दिए । प्रधानमन्त्री कोइरालाले जनतालाई छिटो छरितो सेवा दिएमा सुशासन कायम हुने बताउनस भयो ।
कार्यालयका कामु सचिव टङ्कमणि शर्माले सार्वजनिक खरिद सम्बन्धमा रहेका ऐन तथा नीतिमा समयानुकूल परिमार्जन गर्न र खरिद प्रक्रियालाई सरल बनाउँदै लान सुझाव दिनुभएको थियो ।
ठूला खरिदमा लागत एवम् गुणस्तर ठीक छ कि छैन भन्ने कुरा अनुगमन गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
















प्रतिक्रिया