२ कार्तिक २०८३, सोमबार

१३ औं दिनमा पनि नहुने भो ‘चरी’को अन्त्येष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dinesh-adhikari-chari

काठमाडौं, ३ भदौ । तेह्र दिन अघि मारिएका गुण्डानाइके दिनेश अधिकारी ‘चरी’को अन्त्येष्टि मंगलबार पनि नहुने भएको छ ।

परिवारले १३ औं दिनको दिन मंगलबार अन्त्येष्टिको तयारी गरेपनि सर्वोच्च अदालतमाथि दायर गरिएको रिटको आदेश नआएकाले परिवारले अन्त्येष्टि स्थगित गरेको हो । रिटको प्रारम्भिक सुनुवाई सोमबार हुने भएपनि सुनुवाई हुन सकेको थिएन ।

अदालतमा रिटमाथिको सुनुवाइमा ढिलाइ भएकाले अन्त्येष्टि स्थगित गरिएको चरीका दाजु ध्रुव अधिकारीले बताए । उनका अनुसार, रिटमाथि मंगलबारबाट प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

गैरन्यायिक हत्या गरिएको भन्दै परिवारले दर्ता गर्न खोजेको जाहेरी दर्ता गर्न नमानेपछि चरीका आफन्त प्रहरीविरुद्ध अदालतमा पुगेका हुन् । रिटमा घटनामा संलग्न प्रहरी अधिकृतविरुद्ध किटानी जाहेरीका लागि परमादेशको माग गरिएको छ ।