१ कार्तिक २०८३, आइतबार

आइएसमा सहभागी हुन खोज्ने तीन अमेरिकी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

issi

वासिङ्गटन, ८ साउन । अमेरिकाको फ्लोरिडा राज्यमा आतङ्ककारी समूह इस्लामिक स्टेट (आइएस)सँग आवद्ध हुने खोज्ने तीन अमेरिकी नागरिक पक्राउ परेका छन । स्थानीय सञ्चार माध्यमले शुक्रबार सो जानकारी दिएको छ ।

ती तीनै जना ‘पाल्म बिच काउन्टी’ मा बसोबास गर्दै आएका बताइएको छ । ती तीनमाथि आइएससँग मिलिमतो राखेको र आइएस आतङ्ककारी समूहलाई आर्थिक र भौतिक समर्थनसमेत गर्न खोजेको एक सङ्घीय अदालतले आरोप लगाएको छ ।

यी तीनैले गत बर्षं सिरिया भ्रमणमा गएर आइएस लडाकू समूहमा सहभागी हुनको लागि नियमितरुपमा गुप्तचरहरुसँग भेटघाट गरेका पनि थाहा हुनआएको छ । रासस/सिन्ह्वा