१ कार्तिक २०८३, आइतबार

जलवायु परिवर्तन आतङ्कवाद जस्तै खतरानाकः केरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

U.S. Secretary of State Kerry speaks about the Ukraine crisis after his meetings with other foreign ministers in Parisवासिङटन (संयुक्त राज्य अमेरिका), ८ साउन । संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जोन केरीले इस्लामिक स्टेट (आईएस) समूह र केही अतिवादी समूहको आतङ्क जस्तै जलवायु परिवर्तन पनि विश्वको भविष्यका लागि अति खतरानाक भएको बताउनुभएको छ ।

अस्ट्रियाको भियनामा शुक्रबार अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलनमा आतङ्कवादले सार्वजनिक रुपमा जसरी विश्वको ध्यानाकर्षण गरेको छ । त्यसरी जलवायु परिवर्तनले ध्यान तान्न नसकेको बताउनुभयो ।

अमेरिकी विदेशमन्त्री केरीले भन्नुभयो, हामीले यस बैठकमा छलफल गरिरहेको जलवायु परिवर्तनको एजेन्डा विश्वलाई आतङ्कवादबाट जोगाउन विश्वले गर्ने छलफल जस्तै महत्वपूर्ण विषय हो किनकी दुवै कुरा यस संसारको अस्तित्वका लागि गरिने प्रयास हुन् ।

सन् १९८७ को मन्ट्रिएल प्रोटोकलले जसरी क्लोरोफ्लोरो कार्बन र वायुमण्डलमा असर गर्ने अन्य स्रोतलाई नियन्त्रणका लागि गरेको सहमतिलाई कार्यान्वयनमा ल्याउन गरेका पहलप्रति प्रशंसा गर्दै बाँकी रहेका कामलाई आगामी दिनमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । – एपी