११ कार्तिक २०८३, बुधबार

माओवादी कम्युनिस्ट सिध्याउने बुख्याँचा : प्रधानमन्त्री केपी ओली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-6-660x330काठमाडौं, ८ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८औँ स्मृति दिवसका अवसरमा शुक्रबार पुष्पलाल प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रलाई ‘बुख्याँचा’को संज्ञा दिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तरकारी बारीमा चराको बुख्याँचा खडा नगरेर किन मानिसको बुख्याँचा बनाइन्छ ? किनभने, मानिसजस्तै बनाइदियो भने चरा डराउँछ । अहिले कम्युनिस्टजस्तै माओवादी नामको अर्को शक्ति बनाइदिएर कम्युनिस्टलाई तर्साउन खोजिएको छ । माक्र्सलाई सिध्याउनु छ भने माक्र्सकै नाम जपेर, पुष्पलाललाई सिध्याउनु छ भने पुष्पलालकै नाम जपेर र कम्युनिस्ट सिध्याउनु छ भने कम्युनिस्टकै नामको बुख्याँचा खडा गरिन्छ, माओवादी त्यसरी खडा गरिएको पार्टी हो ।

अहिले अन्त कतैको इसारामा समीकरणहरू बदलिएका छन् । तर, माओवादी तीन महिनामै पछुताउनेछ । ६ महिनामा त बर्बादै भएछ भन्दै पछुताउनेछ । हामी ६७ वर्षदेखि वैचारिक द्वन्द्वमा छौँ । हामी सरकारमा एउटा सहमति गरेर गएका हौँ । एकतिहाइ पनि छैनौँ, तर नेतृत्व ग¥यौँ । त्यस्ता शक्तिसँग सहकार्य भयो, जो एकमुठा घाँस देख्यो भने त्यसैका पछि दौडिन्छ ।

अस्ति म एउटा कार्यक्रममा जाँदा एकजना साथीले दुईवटा रूखको कथा सुनाए । एउटा जंगलमा दुईवटा रूख रहेछन् । तीमध्ये एउटा रूख काटिँदै रहेछ, छेउको अर्को रूख रोइरहेको रहेछ । अनि काटिँदै गरेको रूखले सोधेछ, ‘किन रोएको ? हामी रूख हौँ, काटिनु त स्वाभाविक हो, बन्चराले हामीलाई काट्छ ।’ अनि त्यसले जवाफ दिएछ, बन्चरोले काट्छ, त्यो त फलामको हो, हामीलाई काट्छ । त्यो त ठीक छ । तर, फेरि बिँड त हाम्रै जातको हालेछ । त्यसकारण रोएको हुँ ।’

प्रमुख दल मिल्नुको विकल्प छैन : माधवकुमार नेपाल

अहिलेको संविधानले संसद्को कार्यकाल २०७४ साल माघ ७ गतेसम्मका लागि मात्रै परिकल्पना गरेको छ । १८ महिनाभित्र संघ, प्रदेश र स्थानीयसहित तीनवटै तहको निर्वाचन हुनुपर्छ । म सुन्दै छु, यी निर्वाचन हुन नदिएर त्यसपछि देशलाई ठूलो संकटमा लैजाने खेल भइरहेको छ । त्यसलाई चिर्न कम्तीमा प्रमुख तीन दलबीच राष्ट्रिय सहमतिको कुनै विकल्प छैन । दलहरूका आ–आफ्ना सिद्धान्त र विचार होलान् । तर, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र जनताको चाहनालाई ध्यान दिएर षड्यन्त्र चिर्न प्रमुख तीन दल मिल्नुबाहेक विकल्प छैन ।