२६ कार्तिक २०८३, बिहिबार

अर्थमन्त्री भन्छन्, ‘समीकरण बदलिन सक्छ, बजेट कसरी नराम्रो भयो ?’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bishnu-Poudel-umlकाठमाडौं, ७ साउन । अर्थमन्त्री विष्णु पौडेलले संसदमा आर्थिक विधेयकमाथिको छलफल एकाएक रोकिएकोमा आपत्ति जनाउनु भएको छ ।

संसदको आजको बैठकमा आर्थिक विधेयक माथिको छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले ढिलै भएपनि संसद बैठकमा आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै सदनमा बजेटले स्थान पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

‘केही दिन बजेटलाई लिएर विभिन्न विवाद भए’, उहाँले भन्नुभयो, ‘ढिलै भए पनि संसदको बैठकमा आर्थिक विधेयकलाई छलफलमा ल्याइएकोमा छ ।’

अर्थमन्त्री पौडेलले एनसेललले उन्मुक्ति नपाउने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘राज्य निरीह छैन । एनसेललाई करको दायरामा ल्याउँछौँ । उन्मुक्ति पाउँदैन ।’