१ कार्तिक २०८३, आइतबार

गाँठोले भिडियो प्रतियोगिता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gatho

काठमाडौं । प्रदर्शन अगावै लगानी सुरक्षित गरेको फिल्म गाँठोले आफ्नो प्रमोशनल गीतको भिडियो प्रतियोगीता गर्ने भएको छ। मनको गाँठो फुकाउने भिडियो कन्टेस्ट नाम दिईएको उक्त भिडिया प्रतियोगिताका बिजयीले नगद रु एक लाख पाउने बताईएको छ ।

युट्युव मार्फत सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत अनुपम शर्माको रहेको गीतमा अनुपम शर्माकै गायन रहेको छ भने प्रशान्त शर्मा र रञ्जित बस्नेतले गायनमा साथ दिएका छन् ।

प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले गीत डाउनलोड गरेर भिडियो बनाएर मा पठाउन सक्नेछन् पठाईएको भिडियोलाई युट्वमा राखिनेछ र उत्कृट भिडियोलाई पुरस्कार गरिने छ ।

भाद्र ३१ गते प्रदर्शन मिति तोकिएको फिल्मको प्रदर्शन मिति कै दिन उक्त प्रतियोगीताको निर्णय सार्वजनिक सहित पुरस्कृत समेत गरिनेछ ।

फिल्ममा कुनैपनी गीत नभएको भएपनी प्रमोशनका लागी गीतको प्रयोग गरेको भन्दै भिडियो बनाएर आफ्नो प्रतिभा प्रस्फिुटन गराउन चाहने युवा जमातलाई हौसला प्रदान गर्नका लागी यो प्रतियोगीताको आवहान गरेको फिल्मका निर्देशक सुरज भुषाल बताए ।

अहिलेका चल्तीका नायक नाजिर हुसेनको प्रमुख भुमिका रहेको फिल्ममा नाजिरका अलावा नम्रता श्रेष्ठ र अभय बराल लगायतको अभिनय रहेको छ । बटवाल इन्टरटेन्मेन्ट को ब्यानरमा बनेको फिल्ममा तिलक बहादुर क्षेत्री, सुरज भुषाल नृपेन्द्र राज जोशीको लगानी रहेको छ ।

नियमहरुः

१) प्रतियोगीले हाईलाइटस नेपालमा रहेको गाँठोको गीत डाउनलोड गर्न सक्नेछन् र त्यसको भिडियो बनाएर पठाउनुपर्ने छ ।

२) गीत भएपनी प्रतियोगीले डान्सकै भिडियो पठाउन पर्ने जरुरी छैन् । डान्स संग मेल खाने भिडियो हुनुपर्ने छ ।

३) प्रतियोगितामा समावेश हुन चाहने प्रतियोगीले [email protected] वा [email protected] मा भिडियो पठाउनुपर्नेछ ।

४) पठाईएका भिडियोलाई गाँठो फिल्मको युट्युव च्यानल मार्फत राखिनेछ । आधिकारिक रुपमा हामीले युट्युव च्यानलमा राखेका भिडियो मात्र प्रतियोगीतामा समावेश हुनेछन् ।

५) प्रतियोगितामा समावेश भएका भिडीयो मध्ये एक उत्कृष्ट यहि मिती २०७३ भाद्र ३१ गते गाँठो फिल्मको रिलिज दिन पारेर पुरस्कृत गरिनेछ ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=13F231Q2xPs