काठमाडौं, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त हुँदा प्रमुख दलका शीर्ष नेताहरुको बैठक स्थगित भएको छ ।
सिंहदरबारस्थित सभामुख ओनसरी घर्तीको कार्यकक्षमा १२ बजे बस्ने भनिएको बैठकमा अन्य नेताहरु उपस्थित भएपनि प्रधानमन्त्रीको व्यवस्थाका कारण स्थगित गरिएको हो ।
उक्त बैठकलाई १ बजे सारिएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । प्रमुख दलको बैठक अब संसद भवन बानेश्वरमै बस्ने छ ।
पछिल्लो अवस्थाबारे दलहरुबीच सहमति खोज्न भन्दै बैठक बोलाइएको थियो ।













प्रतिक्रिया