११ कार्तिक २०८३, बुधबार

बिहारबाट धमाधम नेपाल छिर्दै भारतीय, टेन्ट लगाएर बस्न थाले

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-peopleकाठमाडौं, ७ साउन–भारत बिहारका बाढी पीडित परिवारहरु धमाधम नेपाल आएर बस्न थालेका छन् । बिहारमा बाढीले आफ्नो घर डुबानमा परेको भन्दै उनीहरु ओत खोज्न नेपाल आएको बताउँछन् ।

उनिहरु बिराटनगरको बिभिन्न ठाँउको खाली जग्गामा टेन्ट गाढेर बसेका छन् ।बिहारको सुपौल, अररिया,र पुर्णीया जिल्लाका गाँउ गाँउमा बाढी आएपछि भारतीय नेपाल छिरेका हुन् ।   बिराटनगर १४ मा खेतमा टेन्ट लगाएर बसेकाहरु मह काढ्ने पेशामा संलग्न धामी समुदायको रहेको बताउछन् ।

त्यहाँ ६० जना पुरुष ५० जना महिला र सय जना जति केटाकेटी छन् । उनिहरु अहिले बिराटनगरका बिभिन्न चोकमा भिख माग्दै हिड्ने गरेका छन् । चिसोका कारण त्यहाँका ४० बालबालीका र २० महिलाहरु बिमारी परेका छन् ।

कान्तिपुर दैनिकमा समाचार छ ।